रास्वपा विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको छ : स्वर्णिम वाग्ले
onlinekhabar.com · Sun Jun 21 10:15:12 GMT 2026

७ असार, काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी लोकतान्त्रिक आवाज बन्न सकेको दाबी गरेका छन् ।
पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो, सत्ता केवल लालचको व्यवस्थापन देखिन थाल्यो,’ उनले भने, ‘जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्कन थाल्यो त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो । त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा ।’
अहिले आफूहरू नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न भेला भएको जिकिर गरे ।
‘विगतका आन्दोलनले नेपालमा लोकतन्त्र ल्याए। संविधान ल्याए । समावेशीताको आधार तयार भयो । ती उपलब्धीको हामी सम्मान गछौं । अब लोकतन्त्रको संस्थागत गुणस्तर माथि उकास्नुपर्नेछ । धेरै माथि उठाउनुपर्नेछ,’ वाग्लेले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)