अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
arthadabali.com · Sun Jun 21 10:22:02 GMT 2026

अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताएका छन् । हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा आधा घटाइने र अगस्ट २ पछि पूर्ण अन्तःशुल्क दर प्रति लिटर ५२ दशमलव छ सेन्ट पुनः लागू गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)