नेपालको बंगलादेशसँग सङ्घर्षपूर्ण बराबरी
makalukhabar.com · Sat Dec 11 15:44:20 GMT 2021
काठमाडौँ । साफ यू-१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश सँग सङ्घर्षपूर्ण रूपमा गोलरहित बराबरी खेल्न सफल भएको छ। निकै राम्रो लयमा देखिएको घरेलु टोली नेपाली गोलरक्षक तथा कप्तान अञ्जना राना मगरको उत्कृष्ट प्रदर्शनका अगाडि भने कमजोर साबित भयो।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा उपाधि दाबेदार बंगलादेशले अधिकांश समय खेल नियन्त्रणका बाबजुद एकपछि अर्को गोलका प्रयास गरेको थियो। खेलको सुरूवातबाट नै घरेलु टोली बंगलादेशले नेपालमाथि दबाब बढाएको थियो। तर नेपाली गोलरक्षक तथा कप्तान अञ्जना रानामगरले पहिलो तथा दोस्रो हाफमा एकपछि अर्को राम्रो प्रहार क्लियर गर्दै टीमको सङ्कट टारेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)