इरानसँग वार्ता गर्न स्विट्जरल्याण्ड पुगे अमेरिकी उपराष्ट्रपति भान्स
setopati.com · Sun Jun 21 10:32:07 GMT 2026

अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा आइतबार नयाँ चरणको वार्ता सुरु हुने भएको छ।
इरानका सभामुख मोहम्मद बगेर गलिबाफले नेतृत्व गरेको टोलीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्याण्ड पुगिसकेका छन्।
भान्ससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर पनि वार्तामा सहभागी हुनेछन्।
अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी समझदारीपत्र (एमओयू) कार्यान्वयनबारे शुक्रबार हुने तय भएको सो वार्ता अन्तिम समयमा स्थगित भएको थियो।
अन्तरिम सम्झौताअनुसार अमेरिका, इरान र इसराइलले लेबननसहित सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य गर्नुपर्नेछ।
शुक्रबार नै इसराइल र हिजबुल्लाहबीच युद्धविराम भएपछि वार्ताको ढोका फेरि खुलेको हो।
समझदारीपत्रमा मुख्यतः सैन्य गतिविधि रोक्ने, स्ट्रेट अफ हर्मुज खुलाउने अनि वार्तामार्फत ६० दिनभित्र दीर्घकालीन अन्तिम सम्झौता गर्ने सहमति भएको छ। इरानको आणविक हतियार कार्यक्रम र प्रशोधित युरेनियम लगायतका विषयमा सहमति भए पछि सो अन्तिम सम्झौता हुनेछ। सो सम्झौतामा सहमति जुटाउन अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा वार्ता हुन लागेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
डोनाल्ड ट्रम्प