मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी

nepalbahas.com · Sun Jun 21 10:23:10 GMT 2026

निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी

७ असार, जनकपुरधाम । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सञ्चालित निको कप महिला टि-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ । वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित पाँच ओभरमा पाँच विकेट गुमाएर १८ रनको योगफल बनायो । लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।

लुम्बिनीलाई कम रनमा समेट्न कोशीका रिया शर्मा र रुबिना क्षेत्रीले समान दुई/दुई विकेट हात पारे । उन्नाइस रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले तीन ओभरमा विना कुनै क्षति लक्ष्य भेटायो । कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले अविजित १९ रनको साझेदारी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाएका हुन् ।

यो जितसँगै कोशी दुई खेलबाट चार अङ्क जोड्दै शीर्ष स्थानमा छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा कोशीले मधेस प्रदेशलाई २० रनले पराजित गरेको थियो । आजै हुने दोस्रो खेलमा मधेस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

मधेस खेलकुद परिषदका सदस्य सचिव शिवजीप्रसाद गुप्ताका अनुसार प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनामा सुरु भएको प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम आर्मी र एपिएफ गरी नौ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता यही असार १४ गतेसम्म जनकपुरधाम र विरगञ्जमा सञ्चालन हुनेछ ।

क्रिकेट

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

जेठ २७, २०८३ बुधबार

यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित

जेठ २५, २०८३ सोमबार

नेपालले एसियन गेम्स छनोटको फाइनल खेल जित्न हङकङले दिएको १८९ रनको लक्ष्य पुरा गर्नुपर्ने

जेठ २५, २०८३ सोमबार

नेपालबहस ट्रेन्डिङ

शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

नेपालबहस संवाददाता

असार ५, २०८३ शुक्रबार

विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

Tweets by nepalbahas

लोकप्रिय

विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर

असार ६, २०८३ शनिबार

पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको संरचनामा पनि चल्यो महानगरको डोजर

असार ६, २०८३ शनिबार

आज जुन २१ अर्थात वर्षकै सबैभन्दा लामो दिन

असार ७, २०८३ आइतबार

छुटाउनुभयो कि?

निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी

असार ७, २०८३ आइतबार

एमालेमा तलबाट उठेको प्रश्न : अब ओली हटेर कि उपाध्यक्ष र महासचिव हटाएर हुन्छ पार्टी पुनर्गठन ?

असार ७, २०८३ आइतबार

महिनौंको डेटिङ चर्चापछि धनुष र मृणाल ठाकुरको ब्रेकअप

असार ७, २०८३ आइतबार

रवि र बालेनले घण्टी बजाएर गरे रास्वपा महाधिवेशनको उद्घाटन

असार ७, २०८३ आइतबार

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

असार ७, २०८३ आइतबार

पाकिस्तानका ३४ हजार व्यक्तिमा भेटियो ‘ह्युमन नकआउट’ जीन संरचना

असार ७, २०८३ आइतबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)