देश विकासको सपनाको शुभकाना दिन आएँ : सीके राउत
shilapatra.com · Sun Jun 21 10:31:39 GMT 2026

जनमत पार्टीका अध्यक्ष सीके राउतले देश बनाउने जनताको चाहनालाई शुभकामना दिन रास्वपाको महाधिवेशनमा आएको बताएका छन् । चितवनमा आइतबार उद्घाटनपछि शुभकामना मन्तव्य दिँदै उनले आफ्नो जस्तै देश बनाउने चाहना सबैको समान भएको बताए ।
‘तपाईंहरू पदको लागि होइन, देश बनाउने चाहना र जुनुनको लागि आउनुभएको हो । म पनि देश बनाउने चाहनाको शुभकामना दिन आएको हो । जुन सपना देख्नुभएको छ त्यही सपनाको शुभकामना दिन आएको हुँ,’ उनले भने, ‘यो महाधिवशेनमा मात्रै होइन, ऐतिहासिक परिघटना र क्रान्तिको महोत्सव हो ।’
आफू पनि ३३ वर्षको उमेरमा अमेरिकामा सबै छोडेर आएको उनले बताए । देश बनाउने सपना देखेर आएको र प्रयत्न गरे पनि यसपटक जनताले रास्वपालाई पत्याएको उनले बताए ।
मधेशको छोरा वालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएको भन्दै उनले शुभकामना दिए । प्रधानमन्त्रीले नेपाली जनतालाई हृदयमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
१६:१६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सिके राउत