मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री पत्नीलाई नै अदालतले लगायो देश छाड्न प्रतिबन्ध

barnanmedia.com · Sun Jun 21 10:33:09 GMT 2026

स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ। अदालतले उनलाई देश छाड्न प्रतिबन्ध (ट्राभल ब्यान) समेत लगाएको छ

शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई आफ्नो पासपोर्ट बुझाउन र अन्तिम फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिएका छन्। अदालतले गोमेजले देश छाड्न नपाउने प्रतिबन्धलाई पूर्ण रूपमा पालना गराउन देशका सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थलहरूमा निर्देशन जारी गरिने स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)