मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपालाई सीके राउतले भने– जनता र हावा कसैको पेवा हुँदैनन्

shilapatra.com · Sun Jun 21 10:37:57 GMT 2026

जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता र हावामा समानता भएको बताएका छन् । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवशेनमा बोल्दै राउतले तराईको हुलाकी राजमार्ग बनाउन तथा जनतासँग गरेका सबै वाचा पूरा गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्दा यस्तो बताएका हुन् ।

उनले बेलुनमा भरिएको हावा आफ्नो जस्तो लागेता पनि एउटा सियोले घोचेर फुस्काउन सक्ने भन्दै जनता र हावा कसैको पेवा नहुने बताएका हुन् । रवि लामिछाने र वालेन्द्र शाहको तारिफ गरेर नथाकेका राउतले बालेन्द्रलाई अर्को तरिकाले सोच्न सक्ने नेता भन्दै तारिफ गरे ।

समस्या सिर्जना गर्ने सोचभन्दा माथि पुगेर सोच्न सक्ने भन्दै राउतले शाहलाई ‘अर्को लेभल’को नेताको उपमा दिए ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३

१६:२२

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय