मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण

arthadabali.com · Sun Jun 21 10:43:10 GMT 2026

काठमाडौँ / चलचित्र समीक्षक समाज फिक्सनले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौँस्थित पर्यटन बोर्डको सभाहलमा एक समरोहको आयोजना गर्दै समाजले २०८१ र २०८२ सालका विजेतालाई संयुक्त रूपमा अवार्ड प्रदान गरेको हो । समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले समीक्षा संस्कृतिले चलचित्रलाई सही दिशातर्फ डोहोर्याउने बताएका छन् ।

उनले भने, “समीक्षा र चलचित्रबीच ‘लभ एन्ड हेट’को सम्बन्ध रहने गरेको छ । समीक्षक व्यावसायिक चलचित्रको दुश्मन हुन् भन्ने भावना व्याप्त छ । तर, हामी विश्वास गर्छौँ, समीक्षक र सर्जकबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, सहयात्राको हो । स्वस्थ समीक्षा कुनै सृजनामाथिको आक्रमण होइन, त्यो अझ उत्कृष्ट सृजनातर्फ डोहोर्याउने एउटा इमानदार संवाद हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)