इङ्ग्ल्याण्ड र यूएसए बराबरीमा रोकिए
pahilopost.com · Fri Nov 25 23:16:02 GMT 2022
फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा यूएसए र इङ्ग्ल्याण्ड बराबरीमा रोकिएका छन्। अल बायेत स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।
खेलमा राम्रो पकड बनाएको इङ्ग्ल्याण्ड फिनिसिङमा भने असफल भयो। इङग्ल्याण्डका ह्यारि म्यागुएरले डिफेन्समा राम्रो प्रदर्शन गरे। अर्कोतर्फ अमेरिकाका वेस्टन म्याकिनीले पाएको सजिलो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। त्यस्तै क्रिस्टियन पुलिसिचको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो। अर्कोतर्फ इङ्ग्ल्याण्डका म्यासन माउन्टका केही उत्कृष्ट प्रहारहरुलाई अमेरिकी गोलकिपर मार्ट टर्नरले विफल पारिदिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)