रास्वपाले नयाँ नेपालको तस्वीर देखाउनुपर्छ : उपेन्द्र यादव
shilapatra.com · Sun Jun 21 10:47:36 GMT 2026

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपाले नयाँ नेपालको तस्वीर देखाउन सक्नुपर्ने बताएका छन् । रास्वपालाई शुभकामना मन्तव्य दिँदै उनले मुलुकलाई विकृतिबाट उठाउने जिम्मा रास्वपालाई भएको बताएका हुन् ।
‘विकृति विसंगतिलाई छोडेर मुलुकलाई नयाँ दिशामा लाने अवसर प्राप्त भएको छ । रास्वपाको महाधिवशेनबाट नयाँ युगको थालनी हुनेछ भन्ने शुभकामना दिन चाहन्छु । मुलुकले सुशासन समृद्धि, सामाजिक न्याय खोजेको छ,’ यादवले भने, ‘सयौँ वर्षदेखि विभेदमा परेका, पारिएका विभिन्न भेषभुसा,जातजातिका समुदायले समानताको हक चाहेका छन् । रास्वपाले नयाँ नेपालको तस्वीर देखाउन सक्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)