गुठीका पोखरी क्षेत्रमा अतिक्रमण हटाउन थप १५ दिनको समय
gorkhapatraonline.com · Sun Sep 13 10:04:52 GMT 2026

गुठीका पोखरी तथा पोखरीका डिलमा भएका अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई थप १५ दिनको समय दिइएको छ ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ लगायतका प्रतिवेदनले औँल्याएका अतिक्रमित पोखरीमध्ये पहिलो चरणमा केही पोखरी खाली गरिएपछि बाँकी रहेका पोखरीलाई चरणबद्ध रूपमा अतिक्रमणमुक्त गर्ने अभियानअन्तर्गत थप समय दिइएको हो । यसअघि यही भदौ १९ गते सार्वजनिक सूचना जारी गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनाधिकृत संरचना आफै हटाउन भनिएको थियो । सोहीअनुसार भदौ २७ गते अतिक्रमित संरचना हटाउने कार्य तय गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)