कालिगण्डकीमा खसेर बालक बेपत्ता
lokaantar.com

म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर आज एक जना बालक वेपत्ता भएका छन् । म्याग्दीको बेनी देखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालिगण्डकीमा खसेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेश कुमार मल्लसँगै बेनी नगरपालिका–८ कालिपुलमा बस्दै आएका थिए । खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु वेपत्ता भएको घटनाबारे बेलुका करिब ६ः२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहनीले जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)