मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनले राजा ल्याउँछ भनेर जनताले मत दिए : राजेन्द्र लिङ्देन

ratopati.com · Sun Jun 21 10:56:14 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बालेन्द्र शाहले राजा ल्याउँछ भनेर जनताले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले मत दिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा सुरु भएको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष लिङ्देनले प्रतिनिधि सभा निर्वाचनमा नेपालमा राजा चाहिन्छ भन्ने मत रहेको र त्यो मत रास्वपालाई गएको बताए ।

‘नेपालमा राजा चाहिन्छ भन्ने भोट पनि छ । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो,’ लिङदेनले भने, ‘तर, राप्रपाले होइन बालेनले राजा ल्याउँछ भनेर तपाईँहरूलाई मत दिएका छन् ।’

उनले नेपालमा समस्या नेतामा मात्रै होइन, संविधान र संरचनामा पनि रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय