रास्वपालाई लिङ्देनको सुझाव - निषेधको राजनीतिभन्दा सहमति र सहकार्यलाई अघि बढाउनुस्
nepalviews.com · Sun Jun 21 10:53:23 GMT 2026

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई इतिहासले दुर्लभ अवसर दिएको भन्दै त्यसको सही सदुपयोग गर्न आग्रह गरेका छन् । उनले यो अवसर गुमे त्यसको असर पार्टीमा मात्र नभई देशमै पर्ने चेतावनी दिए ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले २०४६ सालको राजनीतिक परिवर्तनपछि लोकतन्त्र वा गणतन्त्रको नाममा केही राजनीतिक दल र सीमित नेताले मुलुकमा "लुटतन्त्र" मच्चाएको आरोप लगाए । उनका अनुसार त्यसको विरुद्धमा जनताले मतदानमार्फत परिवर्तनको सन्देश दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)