मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'बालेनले राजा ल्याउँछन्' भनेर राजावादीहरूले पनि भोट दिएका छन् : राजेन्द्र लिङ्देन

annapurnapost.com · Sun Jun 21 10:51:13 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई भोट दिएको बताएका छन्।

'बालेनले राजा ल्याउँछन्' भनेर राजाका समर्थकहरूले पनि भोट दिएको उनको भनाइ छ।

'नेपालमा राजा चाहिन्छ भन्नेहरूले पनि चुनावमा बालेनलाई भोट दिएका छन्। तर, उनीहरूले 'बालेनले राजा ल्याउँछन्' भनेर भोट दिएका हुन्,' उनले भने।

उनले रास्वपालाई जनताले जनमत दिएकाले त्यसको जिम्मेवारी निभाउन आग्रह गरे। उनले निषेध राजनीतिभन्दा पनि नयाँ तरिकाले राजनीतिक बाटो तय गरिनुपर्ने बताए।

'फेरि निषेधको बाटो रोजियो भने पुरानै ठाउँतिर पुगिन्छ। त्यसैले राजनीतिलाई नयाँ तरिकाले अघि बढाउन आग्रह गर्दछु। राप्रपा तपाईंहरूको शुभेच्छुक भएर साथ दिन्छ। तपाईंको गलतमा खबरदारी पनि गर्छ,' उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय