मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडकमै कन्टेन्ट क्रियटरले जागिर सोधेपछि पूर्वअर्थमन्त्रीको प्रतिक्रिया- यो भाइलाई कसरी सम्झाउने ?

techpana.com · Sun Jun 21 10:56:26 GMT 2026

काठमाडौं । काठमाडौँको व्यस्त सडकमा ट्राफिक जाममा बसेका बेला पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र एक कन्टेन्ट क्रियटरबिच भएको रोचक कुराकानीको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सडकमा गुडिरहेका महँगा गाडी रोकेर चालक वा सवार व्यक्तिलाई 'तपाईं के काम गर्नुहुन्छ ?' भन्दै सोध्ने 'जामकास्ट विथ प्रबिन' नामक च्यानलका क्रियटरले संयोगवश पाण्डे सवार गाडीको झ्याल ढक्ढक्याउन पुगेका थिए ।

सुरुमा उनले पाण्डेलाई चिन्न सकेनन् र अरूलाई जस्तै 'तपाईंको जागिर वा बिजनेस के हो ?' भनेर प्रश्न गरे । भिडिओमा पाण्डेले निकै शालीन ढङ्गले आफू जागिरे नभएको बताएका छन् । जब क्रियटरले उनको नाम सोधे, उनले 'म सुरेन्द्र पाण्डे' भनेपछि मात्र क्रियटरले उनलाई नेताको रूपमा चिने जस्तो गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)

सम्बन्धित विषय