मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

दिवसमा खेल पयर्टनको चर्चा

ekantipur.com · Sun Jul 03 01:12:56 GMT 2022

काठमाडौँ — नवनियुक्त पयर्टनमन्त्री जीवनराम श्रेष्ठले खेलकुद पर्यटनको विकासलाई प्राथमिक राखेर आफ्नो कार्यकाल उपलब्धिमूलक बनाउन प्रयास गर्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा शनिबार विश्व खेलकुद पत्रकार दिवसको अवसरमा आयोजित ‘नेपालमा खेल पर्यटनको सम्भावना विषयक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको र आफ्नो कार्यकाल खेलकुद पर्यटन विकासको खाका कोर्ने बताए । ‘खेलक्षेत्रमा सरोकार राख्ने निकायमध्ये एक पर्यटन मन्त्रालय पनि हो । म आफैं पनि पर्यटन र खेलकुद जोड्नुपर्छ भन्ने व्यक्ति हुँ । अहिले म त्यो निकायमा पुगेको छु । पक्कै पनि हाम्रो देशमा प्राकृतिक रूपमा खेल पर्यटनका धेरै सम्भावना छन् । त्यसका लागि काम गर्नेछु,’ श्रेष्ठले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)