आयोग-सीटीईभीटीबीच टकराव, प्रधानमन्त्रीसम्म पुग्यो भर्ना विवाद
onlinekhabar.com · Thu May 28 15:33:07 GMT 2026

१४ वैशाख , काठमाडौं । चिकित्सा शिक्षाको डिप्लोमा तहमा प्रवेश परीक्षा नलिई विद्या र्थी भर्ना प्रक्रिया अघि बढाएको विषयमा चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीचको विवाद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको छ ।
आयोगका एक उच्च पदाधिकारीका अनुसार सीटीईभीटीले आफ्नै विनियमावली देखाएर प्रक्रिया अघि बढाएको दाबी गरेपनि आयोग भने त्यसलाई चिकित्सा शिक्षा ऐनको मर्म र कानुनविपरीत कदमका रूपमा हेरेर थप एक्सनको तयारीमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
बालेन शाह
काठमाडौँ