नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको अध्यक्षमा विश्वप्रसाद अर्याल निर्वाचित
arthadabali.com · Sun Jun 21 10:48:23 GMT 2026

काठमाडौँ / नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट विश्वप्रसाद अर्याल अध्यक्षमा निर्वाचित भएका छन्। अर्यालले २४२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उत्सव इटेनीले ११३ मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा चतुर्भुज सरिया अग्रवाल २२८ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी जनक तिमिल्सिनाले १२४ मत प्राप्त गरेका छन्। प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार २६१ मतसहित विजयी हुँदा लयप्रसाद भण्डारीले ९२ मत प्राप्त गरेका छन्।
यसैगरी, द्वितीय उपाध्यक्षमा सुनिलकुमार बिडला, महासचिवमा अच्युतबहादुर खड्का, कोषाध्यक्षमा श्यामकुमार बुढाथोकी, सचिवमा प्रेम न्यौपाने तथा सह–सचिवमा राजन गौङजु निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचनबाट देशभरिबाट १४ जना कार्यकारी सदस्यसमेत चयन भएका छन्। निर्वाचित सदस्यहरूमा गोकर्णराज खड्का, घनश्याम खत्री, ईश्वर लामा, महेन्द्रकुमार अग्रवाल, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, राजु न्यौपाने, नवराज थापा, प्रह्लाद तिमिल्सिना, भुपालराज कटुवाल, अजयकुमार टण्डन, प्रदीप यादव, रामसाद आलम तथा टेकबहादुर बोहरा रहेका छन्।
प्रदेश संयोजकतर्फ अधिकांश पदमा निर्विरोध निर्वाचन भएको छ। कोशी प्रदेश संयोजकमा राम सगुन यादव, मधेश प्रदेश संयोजकमा ललित शाह, बागमती प्रदेश संयोजकमा काशीराज पाठक, गण्डकी प्रदेश संयोजकमा नवीन बराल, लुम्बिनी प्रदेश संयोजकमा विश्वराज खनाल तथा सुदूरपश्चिम प्रदेश संयोजकमा चक्र मल्ल निर्विरोध निर्वाचित भएका छन्।
कोशी प्रदेश सदस्य पदमा भने प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो। उक्त पदमा हरिप्रसाद भिमिरे ९० मतसहित विजयी भएका छन् भने राजनकुमार तिमिल्सिनाले ५५ मत प्राप्त गरेका छन्।
नयाँ नेतृत्व चयन भएसँगै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले आगामी कार्यकालमा पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक सुधार तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित विषय:
# नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)