आइएमईको सांगीतिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त
corporatenepal.com · Sun Jun 21 10:58:18 GMT 2026

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् ।आइएमई लिमिटेडले आज एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो ।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ । आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय छन् । गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उनका गीतहरू उत्तिकै रुचाइएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)