नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं : स्वर्णिम वाग्ले
nepallive.com · Sun Jun 21 11:07:25 GMT 2026

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले पार्टी अब राजनीतिक शक्तिबाट संस्थागत राजनीतिक दलमा रूपान्तरण हुने घोषणा गरेका छन् ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीले अब केवल विरोध गर्ने होइन, शासन सञ्चालन गर्न सक्ने राजनीतिक शक्तिका रूपमा आफूलाई प्रमाणित गर्ने बताएका हुन् ।
'आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं,' उनले भने, 'नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ । केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ ।'
वाग्लेले रास्वपाको उद्देश्य सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार परिवर्तन भएको बताए। 'हामी विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौं,' उनले भने ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
१६:५२
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)