बालेनको प्रशंसा गर्दै सीके राउतले भने- ‘अलग ही लेबलका बंदा है’
barnanmedia.com · Sun Jun 21 11:00:04 GMT 2026

काठमाण्डु– जनमत पार्टी अध्यक्ष सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्।
आइतबार रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै राउतले बालेनले लगाउने कालो पोशाकलाई भारतका अभिनेता देवानन्दसँग तुलना गरेका हुन् ।
उनले भने प्रधानमन्त्री युवा हुनुका साथै, ‘स्टाइलिस र ड्यासिङ’ हुनुहुन्छ ‘भारतमा देवानन्दलाई कालो लुगा लगाउन निषेध थियो । हाम्रो देशमा पनि विपक्षीले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नपाउने भनेर ऐन ल्याउन माग गर्न बेर छैन ।’
यस्तै उनले बालेनलाई ‘अलग ही लेबलका बंदा है’ भन्न समेत भ्याए । ‘उहाँ प्रोलम्बभन्दा माथि पुगेर समस्याको समधान कसरी गर्ने सोच्नुहुन्छ,’ उनले भने, ‘हिमाल, पहाड, तराईवासी सबैले अगाध माया गरेका छन्।’ वो अलग ही लेबलका बंदा है ।’
यस्तै उनले रास्वपा महाधिवेशनलाई क्रान्तिको महोत्सव भएको टिप्पणी गरे । ‘यो महाधिवेशन मात्र नभएर क्रान्तिको महोत्सव हो’, उनले भने, ‘मधेसीको छोरालाई प्रधानमन्त्री बनाएको कारण पनि म यहाँ उपस्थित भएको छु ।’
उनले रास्वपाले पाएको विश्वास र जनमत आन्दोलनका सहिदहरूको सपना नबिर्सन सुझाव दिए । प्रधानमन्त्री बालेन शाहप्रति नेपाली जनताको ठुलो भरोसा राखेको भन्दै जनतालाई हृदयमा राखेर काम गर्न तथा सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
सिके राउत
बालेन शाह