पुनको जानकारी– स्वास्थ्यका कारण प्रचण्ड रास्वपाको महाधिवेशनमा आउन सक्नु भएन
shilapatra.com · Sun Jun 21 11:07:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यका कारण रास्वपाको महाधिवेशनमा आउन नसकेको जानकारी दिएका छन् ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटनसत्रमा शुभकामना दिँदै उनले सो कुराको जानकारी दिएका हुन् ।
संयोजक प्रचण्ड सहभागी हुन नसक्ने भएपछि नेकपाबाट पुन चितवन पुगेका छन् ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
१६:५२
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)