सरकारी कार्यालयका प्रमुखले कुटाइ खाएको घटना दुई हप्तापछि सामाजिक सञ्जालमार्फत सार्वजनिक
barnanmedia.com · Tue Jul 30 22:00:59 UTC 2024

रौतहटको एक सरकारी कार्यालयका प्रमुखले रामधुलाई खाएको घटना दुई हप्तापछि सार्वजनिक भएको छ । धुलाई गर्ने मान्छे नै मधेस प्रदेश सरकारको मन्त्री बनिसकेपछि एकाएक सामाजिक सञ्जालमार्फत यो कुरा बाहिर आएको हो ।
सर्वसाधारणले पाउनुपर्ने सिञ्चाइको नाममा सिन्कोसमेत नभाँच्ने सदरमुकाम गौरस्थित जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुखले गत असार २४ गते कुटाइ भेटेको कुरा बल्ल छाताछुल्ल भएको छ ।४० लाखको काम सम्पन्न भइसकेपछि भुक्तानीका लागि सो कार्यालय पुगेका अहिलेका अर्थमन्त्री जितेन्द्र यादवले पुरै काम सम्पन्न भइसकेकोले भुक्तानी माग गरेका थिए । तर कार्यालय प्रमुख सूर्यनारायणलाल कर्णले हाललाई १५ लाख मात्र भुक्तानी दिने बताएपछि नेपाली कांग्रेस रौतहटको सभापतिसमेत जितेन्द्र यादव उर्फ सुनिल सहितको समूहले यादवलाई कार्यालयभित्रै कुटपिट गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)