स्वास्थ्य मन्त्रालयको सङ्गठन तथा व्यवस्थापनको कार्य सम्पन्न
ratopati.com · Thu May 28 15:38:11 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सङ्गठन तथा व्यवस्थापनको कार्य सम्पन्न भएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय पुलअन्तर्गत नयाँ थप ९७७ दरबन्दी स्वीकृत भएको जानकारी दिए।
अहिले मन्त्रालयअन्तर्गत ८३१ दरबन्दी रहेका छन् । थप गरिएका नयाँ दरबन्दीसँगै मन्त्रालयमा अब एक हजार ८०८ दरबन्दी कायम गरिएको उनले बताए । उनले प्राप्त भएका यी स्वीकृत दरबन्दीमा अब छिट्टै लोकसेवा आयोगबाट चरणबद्ध रुपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)