रास्वपाले जिम्मेवारी पूरा नगरे जनतालाई धोका हुन्छ : लिङ्देन
himalpress.com · Sun Jun 21 11:12:11 GMT 2026

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पूरा गर्ने अवसर चुकाए देश र जनतालाई धोका हुने बताएका छन्।
आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवशेन उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष लिङ्देनले इतिहासले रास्वपालाई ठूलो जिम्मेवारी दिएको भन्दै उक्त जिम्मेवारी पूरा गर्ने अवसर चुकाए रास्वपा र रास्वपाको नेतृत्वलाई मात्रै नभइ देश र जनतालाई नै धोका हुने बताए।
उनले अहिलेको समस्या यसअघिका नेताहरुका कारण मात्रै नभई उनीहरुले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा रहेकाले वर्तमान संविधानमा सुधार र परिवर्तन नगरी मुलुक अघि बढ्न नसक्ने उललेख गरे। त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने उनले बताए।
अध्यक्ष लिङ्देनले हिजो अरूले निषेध गरेकै आधारमा आज रास्वपा नेतृत्वको सरकारले पनि त्यस्तै बाटो समाते पुरानै दुर्दशा भोग्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराए। उनले गत निर्वाचनमा रास्वपाले राजा ल्याँछ भनेर राप्रपाको भोट पनि प्राप्त गरेको बताए।
प्रतिपक्षीका हिसावले राप्रपाले सरकारका राम्रा कामको समर्थन र गलत कामको सदैव खवरदारी गर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)