मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपालाई वर्षमानले भने–जनताले जनमत दिन्छन्, आवश्यक परे फिर्ता लिन्छन्

shilapatra.com · Sun Jun 21 11:13:34 GMT 2026

नेकपाका नेता वर्षमान पुनले जनतम कसैको पनि स्थायी नहुने बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै उनले फरक–फरक समयमा जनमत फेरिएको भन्दै यसलाई स्थायी नमान्न सुझाएका हुन् ।

‘हिजो जनमत हामीसँग पछि अरुतिर गयो । आज तपाईंहरूसँग छ । जनताले जनमत दिन्छन् तर आवश्यक परे फिर्ता पनि लिन्छन्,’ पुनले भने, ‘बहुमतले विनम्रता सिक्नुपर्छ । अल्पमतले धैर्यता सिक्नुपर्छ ।’

रास्वपाको नियतमा शंका नभए पनि स्थापित प्रणालीमा प्रश्न, आरोप र आशंका अझै रहेका भन्दै महाधिवेशनबाट यसलाई चिर्न उनले सुझाए ।

यद्यपि सुशासनको सवालमा रास्वपासँग नेकपा सबैभन्दा नजिक रहेको उनको भनाइ छ । ‘क्रान्ति परिवर्तन र समाज रुपान्तरणमा हामी रास्वपासँग नजिक पाउँछौँ । सुशासनको सम्बन्धमा पनि नेकपा र रास्वपाको जति निकटता अरुको छैन । सुशासन र पारदर्शितामा हामी सँगै रहनेछौँ’, उनले भने ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३

१६:५८

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)