विपदको पीडाले खल्लो बन्दै तीज
nepalnews.com · Sun Sep 13 10:29:41 GMT 2026

काठमाडौं। सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो। घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो। तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे। कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे। तर यस पटकको तीजको माहोल फरक छ।
रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ। विशेष गरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा तीजको उल्लासभन्दा आफन्तको खोजी, विस्थापनको पीडा र भोलिको चिन्ताले ठाउँ लिएको छ। अन्य जिल्लाका नागरिक पनि बाढीमा परेकाले देशभर शोक छाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)