मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा–नेकपाबीच धेरै समानता छन् : वर्षमान पुन

bishowkhabar.com · Sun Jun 21 11:17:49 GMT 2026

काठमाडौं– नेकपा नेता वर्षमान पुन ‘अनन्त’ले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच धेरै विषयमा समानता रहेको बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले दुवै राजनीतिक शक्तिले परम्परागत राजनीतिक धारालाई तोड्दै आफ्नो बाटो तय गरेको बताए ।

पृष्ठभूमि र कार्यशैली फरक भए पनि परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेन्डामा दुवै दल नजिक रहेको उनको भनाइ थियो ।

सुशासनको मुद्दामा नेकपा र रास्वपाबीच अन्य दलको तुलनामा बढी निकट सहकार्य रहेको दाबी पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय