मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले भन्यो- रास्वपाको युवाहरूलाई जोड्ने शैली हामीले पनि सिक्नुपर्छ

nagariknews.nagariknetwork.com · Sun Jun 21 11:19:33 GMT 2026

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा पुस्तालाई राजनीतिमा जोडेको शैली अन्य राजनीतिक दलहरूका लागि पनि अनुकरणीय रहेको बताएका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ शक्तिको रूपमा रास्वपाले छोटो समयमा गरेको प्रगति प्रशंसनीय रहेको बताए।

नेता ज्ञवालीले नेकपा एमालेका तर्फबाट महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे। सो क्रममा उनले रवि लामिछाने सभापति र बालेन्द्र शाह वरिष्ठ नेता भइसकेको ठानेर दुवैलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

ज्ञवालीले रास्वपाले युवाहरूलाई संगठित गर्ने मामिलामा देखाएको सक्रियताबाट पुराना दलहरूले पनि पाठ सिक्नुपर्नेमा जोड दिए। उनले भने, ‘तपाईंहरूले जसरी युवाहरूलाई राजनीतिसँग जोड्नुभएको छ, यो शैली सबै अन्य दलहरूले पनि सिक्न जरुरी छ।’

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)