रास्वपा सरकार परिवर्तन गर्न मात्रै होइन, राजनीतिक संस्कार बदल्न आएको हो : स्वर्णिम वाग्ले
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नेपालको राजनीतिक पुनर्जागरणको अभियान भएको बताएका छन् ।
पार्टीको चौथो स्थापना दिवसको अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका उनले रास्वपा सकारात्मक परिवर्तनको आकाङ्क्षाको राजनीतिक अभिव्यक्ति भएको बताए ।
डा वाग्लेले आफूहरूको उद्देश्य केबल सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको धारणा राखे ।
रास्वपा विवेक, विधि र नियममा आधारित शासन प्रणाली, योग्यता प्रणाली तथा नागरिक केन्द्रित लोकतन्त्रका पक्षमा रहेको उनले स्पष्ट पारे । उनले रास्वपा पुरानो पुस्तासँग सङ्घर्ष गर्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको उल्लेख गरे ।
नेता डा वाग्लेले भने, 'नयाँ पुस्ताले केबल प्रश्न सोध्न मात्र होइन, उत्तर दिन र शासन सञ्चालन गर्न पनि सक्छ भन्ने प्रमाणित गर्नुपर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)