जनता र हावा कसैका पनि हुँदैनन् भन्दै राउतले बीपीसँग तुलना गरे रविलाई
shilapatra.com · Sun Jun 21 11:24:00 GMT 2026

जनमत पार्टीका अध्यक्ष सीके राउतले रास्वपा सभापति रवि लामिछानेलाई बीपी कोइरालासँग तुलना गरेका छन् । अघिल्लो संसदमा आफूहरूबीच देश निर्माणको हुटहुटीमा छलफल हुने गरेको उल्लेख गर्दै राउतले लामिछानेलाई बीपीसँग तुलना गरेका हुन् ।
रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै राउतले जनता कुनै पनि दलको नियन्त्रणमा नहुने बताएका छन् । राउतले जनतालाई हावासँग तुलना गर्दै दलहरूले नियन्त्रणमा राख्न नसक्ने उल्लेख गरेका हुन् । रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै राउतले भने, ‘जनता र हावा उस्तै हुन, उनीहरू कसैका पनि हुँदैनन् । त्यसैले, तपाईंहरूले काम गर्नु भएन र जनतासँगका वाचा पूरा गर्नु भएन भने जनताले छोड्छन् ।’
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
१७:०९
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सिके राउत