मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि–बालेनको प्रशंसक समूहबाट पार्टी बनाउने महोत्सव हो महाधिवेशन : ज्ञवाली

baahrakhari.com · Sun Jun 21 11:28:06 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनपछि रवि लामिछाने र बालेन शाहको प्रशंसक समूहबाट पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । आइतबार रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा नेता ज्ञवालीले अहिलेसम्म रास्वपा दुई नेताको प्रशंसक समूहका रूपमा चित्रित गर्ने प्रयास गरे ।

“यो महाधिवेशनबाट रास्वपा रवि लामिछाने र वालेन्द्र शाहका प्रशंसकहरूको समूहबाट राजनीतिक पार्टीका रूपमा विकास हुनेछ भन्ने विश्वास लिएको छु,” ज्ञवालीले भने, “तपाईंले पाएको जनमत र विश्वास जुन तहको छ यसलाई ठिक ढंगबाट व्यवस्थित गर्न सक्नुभएन भने त्यसले भयावह रुप लिनसक्छ ।”

#प्रदीप ज्ञवाली

#नेकपा (एमाले)

#रास्वपा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय