एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा
ratopati.com
एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोह मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।
आज बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्माडेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.संधिर कुमारलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशवराज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख श्री पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ग्रृष्मकालमा माउन्ट के २ को सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाई समेत सम्मान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)