मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड

ratopati.com · Sun Jun 21 11:40:01 GMT 2026

कर्णाली । कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र सामाजिक विकासमा आधारित बजेटमा बजेटमा जोड दिएको छ। प्रदेश सरकारले आगामी आव २०८३/८४ को बजेटमा दलित, अल्पसङ्ख्यक, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदायको सशक्तीकरणमा विशेष जोड दिएको हो।

सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा मानव अधिकार प्रवर्द्धन गर्ने उक्त बजेट वक्तव्यमा उल्लेख छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सामाजिक विभेद्, हिंसा, कुप्रथा र बहिष्करणका सबै स्वरुप अन्त्य गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)