धनगढी उपमहानगरपालिकाको बजेट २ अर्ब ६४ करोड
gorkhapatraonline.com · Sun Jun 21 11:37:03 GMT 2026

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बढाएर बजेट ल्याएको छ ।
धनगढीको १५ औं नगर अधिवेशनमा उपप्रमुख कन्दकला रानाले आज दुई अर्ब ६४ करोड ६४ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षको लागि धनगढी उपमहानगरपालिकाले दुई अर्ब ५६ करोडको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि धनगढीले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख र पुँजीगततर्फ एक अर्ब २३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)