मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशासनको एजेण्डामा नेकपा र रास्वपाको निकट सहकार्य छ : वर्षमान पुन

gorkhapatraonline.com · Sun Jun 21 11:38:45 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सुशासनको एजेण्डामा राष्ट्रिय स्वतनत्र पार्टी र नेकपाबिच निकट सहकार्य एवम् समानता रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार चितवनको भरतपुरमा आयोजित पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको शुभकामना सन्देश वाचन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

“तपाइहरु र हामा्र कयौं विषयमा समानता छन् । हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभङ्ग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं । पृष्ठभूमि र तरिका फरक भएपनि क्रान्ति, परिवर्तन र समाज रुपान्तरणको एजेण्डामा हामी तपाईहरुलाई नजिक पाउँदछौं”, उहाँले भन्नुभयो, “हामीहरुबिच अर्को समानता पनि छ । त्यो हो सुशासनको एजेण्डा । हामीेले विगतमा सरकार र सरकार बाहिर हुँदा पनि सुशासनको एजेण्डामा सहमति गरेका थियौं । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको निकट सहकार्य सायद, अरुहरुकाबिच भएको छैन ।”

उहाँले नेपाली समाजको रुपान्तरणको कथा त्यति सरल नभएको भन्नुहुँदै नेपाली जनताका आन्दोलन, सङ्घर्ष, समावेशी र बलिदानको जगमा राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशाल जनमतसहित सत्तारुढ दलको यो महाधिवेशनलाई सिङ्गो देशले हेरिरहेको छ । यसकारण पनि तपाईहरुको महाधिवेशनमा धेरै आँखा छ । महाधिवेनबाट कसको नेतृत्व ? कसको विचार रणनति, कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई प्रभाव पार्दछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)