म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई
setopati.com · Sun Jun 21 11:34:00 GMT 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अगुवा शक्ति रास्वपा भएको बताएका छन्।
रास्वपाले सुशासन र समृद्धिलाई अघि बढाउनुपर्ने उनले बताए।
चितवनको भरतपुरमा भएको रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले भने, ‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु। सुशासन र समृद्धिको फल सबै नेपालीलाई प्राप्त होस्।’
उनले रास्वपाले ४ वर्षभित्रै ठूलो उपलब्धि हासिल गरेको पनि उनले बताए।
‘जनताको मन जितेर रास्वपाले ४ वर्षमा उपलब्धि हासिल गरेको छ,’ उनले भने।
उनले नयाँ शक्तिका पक्षमा आफू १० वर्षदेखि पैरवी गर्दै आएको पनि बताए।
‘आफैले १० वर्षदेखि वैकल्पिक राजनीतिक पैरवी गरेकोले त्यही अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा हो भन्ने लाग्छ,’ उनले भने, ‘मैले यसो भनिरहँदा के ललीपप देखाएको छ भन्छन्। म मर्न हिँडेको मानिस। टाउकोको मूल्य तोकिएको थियो। प्रधानमन्त्री पनि भइसकेँ अब के ललीपप खाने यो उमेरमा?’
उनले राजनीतिक स्थिरता १०/१५ वर्षसम्म होस् भन्ने चाहना आफूले राखेको पनि बताए।
‘रवि ठूलो कि बालेन भनेर खेल्न सक्ने हुन सक्छ, तपाईंहरूको एकतामा नै रास्वपाको ५ वर्षको भविष्य सुनिश्चित छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)