लागुऔषध मुद्दाका फरार राई शङ्ख पार्कबाट पक्राउ
canadanepal.com · Sun Jun 21 11:39:37 GMT 2026

काठमाडौँ - नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका चितवन राप्ती नगरपालिका–२ पिप्लेका ४६ वर्षीय प्रभुराम राईलाई आज काठमाडौँको शङ्ख पार्कबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ २४ गतेको जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राईविरुद्ध लागुऔषध खैरो हिरोइनसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका थिए ।
विसं २०८१ मङ्सिर २५ गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी रहेको ब्युरोले जनाएको छ । पक्राउ परेका निजलाई आवश्यक प्रक्रिया पूरा गरी पुन:केन्द्रीय कारागार सुन्धारा बुझाइएको प्रवक्ता रेग्मीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)