कसैलाई हराउन आएका होइनौं, देशलाई जिताउन आएका हौं : स्वर्णिम वाग्ले
arthasansar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू कसैलाई चुनाव हराउन नभई देशलाई जिताउनका लागि राजनीतिमा आएको बताएका छन्।
आइतबार पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले रास्वपा पुरानो पुस्तासँग लड्न नभई मुलुकमा नयाँ राजनीतिक संस्कार बसाल्न आएको प्रष्ट पारे। सोही क्रममा उपसभापति वाग्लेले अब रास्वपाको शक्ति केवल नागरिकको आक्रोश मात्र नभएर देश विकासको बलियो आशा र भरोसा हुनुपर्नेमा जोड दिए।
उनले भने,‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं । आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)