रास्वपा सेन्टर टु राइट वा लेफ्टतिर ढल्किन्छ, त्यो ठूलो कुरा भएन : प्रदीप ज्ञवाली
shilapatra.com · Sun Jun 21 11:21:00 GMT 2026

एमाले नेता प्रदीप ज्ञवालीले रास्वपा टर्निङ प्वाइन्टमा रहेको बताएका छन् । आइतबार रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले रास्वपामा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह 'बालेन'को प्रशंसकको रूपमा रहेको समूहलाई संगठित रूपमा रुपान्तरित गर्ने दायित्व महाधिवेशनको हुने उनले बताए ।
‘रास्वपा सेन्टरमा ढल्किन्छ । सेन्टर टु राइटमा ढल्किन्छ वा लेफ्टतिर ढल्किक्छ, त्यो ठूलो कुरा भएन । त्यो महत्त्वपूर्ण कुरा भएन । महत्त्वपूर्ण कुरा त रास्वपाले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र सामाजिक मूल्यहरू गरिखाने नागरिकका लागि पनि राज्य चाहिन्छ है, राज्य केवल हुनेखानेका लागि मात्र होइन भन्ने राज्यप्रतिको उत्तरदायित्व अवधारणा बोकेको त्यो बाटो तय गरोस्,’ उनले भने ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
१७:०६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)