मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको महाधिवेशनमा बाबुराम– ७२ होइन २७ वर्षको अनुभव भएको छ

shilapatra.com · Sun Jun 21 11:35:42 GMT 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको उदयले आफूलाई ७२ वर्षबाट २७ वर्षमा पुर्‍याएको बताएका छन् । चितवनमा रास्वपाको उद्घाटनमा शुभकामना सन्देश दिँदै उनले भने ‘असार ४ गते मात्रै ७१ पुगेर ७२ लागेँ, आज यो मञ्चमा तपाईंहरूलाई देख्दा, ७२ होइन २७ वर्षको भएको पाएको छु ।’

आफूहरूलाई निरन्तर विद्रोहीको रूपमा चित्रित गर्दै उनले अब देशलाई सुशासनको मार्गचित्रमा अगाडि बढाउन सक्नुपर्ने बताए । पुरानो पुस्ताले परिवर्तनको मुद्दा संस्थागत नगरेको भन्दै उनले बताए ।

सुशासन र समृद्धिको लागि रवि लामिछाने र बालेन शाहले विकासकै एजेन्डा अगाडि बढाउनुपर्ने उनले बताए । ‘चुपचाप घण्टीमा छाप’बाट ‘चुपचाप सुशासन र विकास’मा रास्वपा लाग्नुपर्ने उनको भनाइ छ ।

उनले नयाँ शक्ति आउँदा वैचारिक रूपमा थप प्रस्ट हुन सुझाए । वैचारिक धारमा प्रस्ट भएपछि मात्रै रास्वपाले थप प्रभाकारिता देखाउनुपर्ने उनको भनाइ थियो ।

रवि ठूलो कि बालेन भन्नेबाट माथि उठ्न उनले सुझाए । रवि बालेनको एकताले मात्रै रास्वपालाई प्रभावकारी बनाउने उनले बताए । पुराना पुस्ताकाले पनि रास्वपालाई असफल बनाउन तानाबाना बुनेको भन्दै उनले जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३

१७:२०

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)