मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्झौता मस्यौदा सोमबारभित्र टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

barnanmedia.com · Fri Nov 28 23:04:34 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीच हुन लागिरहेको सम्झौताको मस्यौदालाई सोमबारभित्र अन्तिम रूप दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएकी छन् ।

जेनजीका अगुवासँग शुक्रबार सिंहदरबारमा भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अब धेरै ढिला गर्न नहुने भन्दै मस्यौदा छिटो टुंग्याउन आग्रह गरेकी हुन् । जेनजी नेतृत्वले आन्दोलनका उपलब्धि संस्थागत गर्न ११ बुँदे प्रस्तावित मस्यौदा प्रधानमन्त्रीलाई बुझाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)