स्टेजमा युवा देख्दा ७२ वर्षको मलाई २७ को जस्तो महसुस भयो: भट्टराई
nagariknews.nagariknetwork.com · Sun Jun 21 11:28:28 GMT 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व र मञ्चमा युवाहरूको बाहुल्य देख्दा आफूमा नयाँ ऊर्जा सञ्चार भएको बताएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले युवाहरूको उत्साहले आफूलाई समेत ठिटो महसुस गराएको बताएका हुन्।
डा. भट्टराईले भने, ‘म अहिले ७२ वर्ष पुगेँ, तर यो स्टेजमा सबै युवा अनुहारहरू देख्दा मलाई आफू २७ वर्षको जस्तो ऊर्जावान् महसुस भइरहेको छ।’
उनले नयाँ पुस्ताको सक्रियता र राजनीतिमा उनीहरूको हस्तक्षेपकारी उपस्थितिले मुलुकको भविष्यप्रति आशावादी तुल्याएको बताए।
पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले स्थापनाको केवल चार वर्षमै हासिल गरेको उपलब्धिको खुलेर प्रशंसा गरे। जनताको विश्वास र मन जितेर यति छोटो अवधिमा मुलुकको एउटा स्थापित र निर्णायक शक्तिका रूपमा उदाउनु लोभलाग्दो विषय भएको उनको तर्क थियो।
उनले भने, ‘जनताको मन जितेर ४ वर्षको अन्तरालमा रास्वपाले जुन ऐतिहासिक सफलता र उचाइ प्राप्त गरेको छ, त्यो निकै प्रशंसनीय छ।’
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)