मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ल्यान्ड भ्रमणका लागि भारतको एकदिवसीय टोली घोषणा, यशस्वी जैसवाल परेनन्

nepalpress.com · Sun Jun 21 11:51:37 GMT 2026

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इङ्ल्यान्ड भ्रमणका लागि एकदिवसीय टोली घोषणा गरेको छ। अफगानिस्तानविरुद्ध शनिबारको अन्तिम एकदिवसीय खेलमा शतक प्रहार गरेका यशस्वी जैसवाल घोषित टोलीमा पर्न सकेनन्।

जैसवालले अफगानिस्तानविरुद्ध ११० रन बनाएका थिए। उनले रोहित शर्मासँग पहिलो विकेटका लागि १७० रनको साझेदारी गरेका थिए।

यता विराट कोहली भने टोलीमा समावेश भएका छन्। यद्यपि उनको फिटनेसबारे अझै अन्योल रहेको बताइएको छ। पूर्ण रूपमा फिट भएपछि मात्र उनले खेल्न सक्नेछन्।

भारतीय टोली जुलाईमा इङ्ल्यान्ड भ्रमणमा रहनेछ, जहाँ उसले तीन एकदिवसीय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। ट्वान्टी–२० टोली यसअघि नै घोषणा भइसकेको छ।

इङ्ल्यान्ड भ्रमणका लागि भारतको एकदिवसीय टोलीः

शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), केएल राहुल, इशान किशन, वासिङ्टन सुन्दर, अक्षर पटेल, नितीश कुमार रेड्डी, कुलदीप यादव, जसप्रित बुमराह, प्रसिद्ध कृष्णा, हर्षित राणा, अर्शदीप सिंह र गुरनूर बराड।

यसैबीच, बीसीसीआईले आयरल्यान्ड भ्रमणका लागि भारतीय ट्वान्टी–२० टोलीमा परिवर्तन गरेको छ। बोर्डका अनुसार वरुण चक्रवर्ती चोटका कारण टोलीबाट बाहिरिएका छन्।

आयरल्यान्ड भ्रमणका लागि संशोधित भारतीय ट्वान्टी–२० टोलीः

श्रेयस अय्यर (कप्तान), अभिषेक शर्मा, सञ्जु सामसन, इशान किशन, शिवम दुबे, तिलक वर्मा (उपकप्तान), नितीश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि बिश्नोई, हर्षित राणा, अर्शदीप सिंह, प्रिन्स यादव, वैभव सूर्यवंशी र प्रसिद्ध कृष्णा।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)