रास्वपालाई बाबुरामको सुझाव : चुपचाव घण्टी छापको नारा ‘अपग्रेड’ गर्नुहोस्
baahrakhari.com · Sun Jun 21 11:52:14 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चुनावमा लगाएको चुपचाप घण्टी छापको नारा अपग्रेड गर्न सुझाव दिएका छन् ।
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गरेका डा. भट्टराईले चुनावमा लगाएको चुपचाप घण्टी छापको नारालाई अब चुपचाप सुशासन र विकासको नारा बनाएर कार्यान्वयन गर्न सुझाव दिए ।
“तपाईंहरूले पाएको जनमत जसले जे भने पनि सुशासनकै लागि हो । यसकारण तपाईंहरूले चुनावमा लगाएको नारा चुपचाप घण्टीमा छापलाई अब अपग्रेड गर्नुहोस्,” डा. भट्टराईले भने, “अब तपाईंहरूले त्यसलाई चुपचाप सुशासन र विकासमा बदलेर कार्यान्वयन गर्नुहोस् ।”
#बाबुराम भट्टराई
#रास्वपा
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ