रास्वपाको जनसमर्थन लोभलाग्दो, मुक्तकण्ठले प्रशंसा गर्छु : गगन थापा
nepallive.com · Sun Jun 21 11:54:00 GMT 2026
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रास्वपाले ४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो रहेको भन्दै प्रशंसा गरेका छन् ।
रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिन पुगेका सभापति थापाले रास्वपाको जनसमर्थनलाई मुक्तकण्ठले प्रशंसा गरे ।
‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ थापाले भने ।
रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उनले बताए । इतिहासमा करिब तीन चार पटकमात्रै राजनीतिक दलले यस्तो जनमत पाएको भन्दै ती प्राय सबै दुर्घटनामा परेको स्मरण गराए ।
‘संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईंहरूले जुन साथ दिनुभएको छ तपाईंहरू सबै बधाइको पात्र हुनुहुन्छ,’ सभापति थापाले भने ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
१७:३९
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ
बालेन शाह