मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा एसका बस्नेत, भुसाल र हमाल वरिष्ठ नेता मनोनीत, पार्टीको पदाधिकारी सङ्ख्या तीन थपर २४ पुर्याउने

barnanmedia.com · Thu Aug 29 21:43:29 UTC 2024

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले पार्टीको उपाध्यक्षत्रय घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी सङ्ख्या तीन थप गरेर २४ पुर्याउने निर्णय गरेको हो ।स्थायी कमिटी निर्माण गर्दा सबै पदाधिकारीलाई स्वतःकमिटीमा लैजाने निर्णय गरेको बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गरी विभाग र आयोगलगायत संरचना छिट्टै निर्माण गर्ने निर्णय गरेको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)