रास्वपा कांग्रेसको दुष्मन होइन प्रतिस्पर्धी हो : गगन थापा
bishowkhabar.com · Sun Jun 21 12:01:58 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच दुश्मनी नभई स्वस्थ राजनीतिक प्रतिस्पर्धा रहेको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस रास्वपाभन्दा अगाडि बढ्न चाहने भए पनि त्यसका लागि विपक्षीलाई कमजोर बनाउने सोचमा नरहेको स्पष्ट पारे ।
‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी इमानदारीपूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने ।
थापाले कांग्रेसलाई सफा र बलियो बनाउने लक्ष्य आफ्नै पार्टीभित्रका कमजोरी र विकृति हटाएर हासिल गर्ने बताए। ‘हामी अरूलाई फोहोर देखाएर होइन, आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ